समाज

चौधरी र भण्डारी अवकाशमा जाने भएपछि जोशी र ढकाललाई एआइजीमा बढुवा सिफारिस

इकागज |
बैशाख ४, २०८१ मंगलबार ७:१७ बजे

फाइल तस्बिर

काठमाडौँ- दुई जना डीआइजी एआइजीमा बढुवा गर्न सिफारिस भएका छन् । मंगलबार नेपाल प्रहरीको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका प्रहरी नायव महानिरीक्षकहरूलाई सोही समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको हो ।

बढुवा सूचीअनुसार बढुवा सिफारिस हुनेमा उमेशराज जोशी र भीमप्रसाद ढकाल रहेका छन् ।



प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरी र सन्दीप भण्डारी वैशाख ६ गतेबाट अवकाशमा जान लागेपछि रिक्त पदमा जोशी र ढकाललाई सिफारिस गरिएको हो ।


Author

थप समाचार
x