समाज

गुरुङ र अर्याल डीआइजीमा बढुवा

इकागज |
बैशाख ४, २०८१ मंगलबार ७:३० बजे

काठमाडौँ- नेपाल प्रहरीका दुई जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई डीआइजी पदमा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह केनाईन उपसमूहतर्फका दुई जनालाई  डीआइजी पदमा बढुवा गर्न सिफारिस गरिएको हो ।

बढुवा सिफारिस हुनेमा डाक्टर देउती गुरुङ र सूचना प्रविधि कम्प्युटर तर्फका इन्जिनियर नवीन्द्र अर्याल रहेका छन् । मन्त्रिपरिषद् बैठकले केहि दिनअघि मात्रै प्रहरी नायव महानिरीक्षक विशेष पद सिर्जना गरेको थियो । जसमा गुरुङ र अर्याललाई बढुवा गर्न सिफारिस गरिएको हो ।



Author

थप समाचार
x