समाज

प्रभु हेलिकप्टरका पाइलट निलम्बित

उडानका क्रममा यात्रुलाई ककपिटमा राखेको र निषेधित गतिविधि गरेको आरोप

इकागज |
बैशाख ९, २०८१ आइतबार १८:५९ बजे

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टर लिमिटेडका पाइलट क्याप्टेन पासाङ शेर्पालाई निलम्बन गरेको छ ।

प्राधिकरणले उडानका क्रममा अस्वीकार्य र अनधिकृत ककपिट गतिविधि गरेको भन्दै अर्को सूचना नभएसम्मका लागि क्याप्टेन शेर्पालाई निलम्बन गरेको जानकारी दिएको छ । 


क्याप्टेन शेर्पाले केही महिनाअघिको गोसाइँकुण्ड उडानका क्रममा यात्रुलाई ककपिटमा राखेको र निषेधित गतिविधि गरेपछि प्राधिकरणले एक्सन लिएको बुझिएको छ ।  क्यानले घटनाको विस्तृत अनुसन्धान गरिने जनाएको छ ।


Author

थप समाचार
x