समाज

बाढी

तहसनहस मेलम्ची (फोटो फिचर)

इकागज |
असार २, २०७८ बुधबार ७:३१ बजे

तस्बिर सौजन्य : आदित्य दाहाल

काठमाडौँ : सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले जनधनको क्षति भएको आशंका गरिएको छ । मेलम्चीमा बाँध माथिबाट आएको पहिरोले गर्दा बाँध फुटेको र ठूलो बाढीले गर्दा क्षति भएको प्रहरीले जनाएको छ । 


स्थानीयका अनुसार मेलम्ची बजार बाढीले डुबाएको छ । केही घर बगाएको छ । नवलपुर-मेलम्ची चौतारी सडक जोड्ने पक्की पुल र झोलुंगो पुल दुवै बगाएको छ । यस्तै मेलम्चीको ग्रीनसिटी पार्क तहसनहस भएको छ । आमाहेल्म्हो बसपार्कमा पनि क्षति पुगेको छ ।

यस्तै तिम्बु सडकखण्डमा पहिरो जाँदा सडक सञ्जाल टुटेको छ । चनौटे, किउल, तिम्बु लगायतका क्षेत्रमा बाढी पसेको छ । बाढीले गर्दा मानिसहरु बगाएको र अरु क्षति भएको अनुमान छ । तर अहिलेसम्म सो क्षेत्रमा प्रहरी नपुगेकाले एकिन विवरण आउन सकेको छैन ।

(सबै तस्बिरहरू आदित्य दाहाल)

 


Author

थप समाचार
x