समाज

बाढी पहिरो

मेलम्ची खानेपानी आयोजनाका एक इञ्‍जिनियरसहित आठ बेपत्ता

इकागज |
असार २, २०७८ बुधवार २१:१९ बजे

काठमाडौँ : मेलम्ची खानेपानी आयोजनाका आठ कर्मचारी बेपत्ता भएका छन् । मेलम्ची खानेपानी आयोजनास्थलमा आएको बाढीमा परी एक इन्जिनियरसहित मेलम्ची खानेपानी आयोजनाका आठ जना कर्मचारी बेपत्ता भएका हुन् ।

आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार, तीन भारतीय, तीन चिनियाँ र दुई नेपालीसहित आठ जना आयोजनाका कामदार सम्पर्किविहिन बेपत्ता भएका हुन् । बेपत्ता भएका सबै पुरुष कर्मचारी हुन् । उनीहरूको खोजी कार्य भइरहेको उनको भनाइ छ ।



Author

थप समाचार
x