समाज

खोलाले बगाएका अधिकारीको शव भेटियो

इकागज |
असार ४, २०७८ शुक्रबार १७:५७ बजे

अर्घाखाँची : खोलाले बगाएर बेपत्ता भएका सन्धिखर्क नगरपालिका–५ का ६७ वर्षीय चोलानाथ अधिकारी मृतावस्था फेला परेका छन् । अधिकारीको शव रिङ्गदीस्थित बलेवाको बाँसमा अड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुजनविक्रम शाहले जानकारी दिए ।

बुधबार दिउँसो मथुरा खोलाले बगाएर बेपत्ता भएका अधिकारीको शव बिहीबार फेला परेको थियो । शव परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । रासस



Author

थप समाचार
x