समाज

क्षमा पूजा गरेर हिरण्यवर्ण महाविहार तथा दिगि छेँमा पुनर्निर्माण कार्य सुरु

इकागज |
साउन १५, २०७८ शुक्रबार १०:२ बजे

काठमाडौँ- पुन:स्‍थापना कार्य सुरु गर्नु पूर्व क्षमा माग्‍ने रिति अनुसार ललितपुरका स्थानीय समुदायले हिरण्यवर्ण महाविहार तथा दिगि छेँमा क्षमा पूजा गरेका छन् । काठमाडौंस्थित भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, नेपाल सरकार तथा इन्टाचका अधिकारीहरुले उक्त पूजामा सहभागीता जनाएका थिए । १८.१ करोड रुपैयाँमा उक्त महाविहारको पुनर्निर्माण हुन लागेको हो । 

सुनौलो मन्दिरको रुपमा परिचित हिरण्यवर्ण महाविहार युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरस्थित पाटन दरबार क्षेत्रको स्मारक क्षेत्रमा अवस्थित छ । यो मन्दिर पाटनका बौद्ध मन्दिर विहारहरुमध्ये सबैभन्दा महत्वपूर्ण विहार हो । 


भूकम्पले क्षति पुर्‍याएका नेपालका २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण र पुन:स्‍थापनाका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाइसकेको छ । यो परियोजना पनि ती २८ वटा परियोजनाभित्रकै एक हो । ललितपुरमा सात वटा सांस्कृतिक सम्पदा परियोजनाको पुनर्निर्माण हुन लागेको छ जसमध्ये पाँचवटा परियोजनामा पुनर्निर्माण कार्य भइरहेको छ । 
 


Author

थप समाचार
x