समाज

मौसम पूर्वानुमान

पश्‍चिम क्षेत्रमा ठूलो वर्षाको सम्भावना, भोलिदेखि सुधार आउने

इकागज |
भदौ १४, २०७८ सोमबार ६:५० बजे

फाइल तस्‍बिर

काठमाडौ - नेपालमा सोमबार पनि मनसुनी वायुको प्रभाव रहेको छ। जसकारण बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको छ । पछिल्लो तीन/चार दिनको झरीपछि मौसममा केही सुधार भए पनि पानी भने पर्ने देखिन्छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो धेरै स्थानमा वर्षाको सम्भावना छ।  लुम्बिनी, बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थानमा ठूलो वर्षाको सम्भावना पनि छ । तर, शनिबारको जस्तो अतिठूलो वर्षाको सम्भावना भने नरहेको महाशाखाले जानकारी दिएको छ । मंगलबार मौसममा थप सुधार आउने छ । मंगलबार सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा ठूलो वर्षाको सम्भावना छ।



Author

थप समाचार
x