समाज

भन्सार छलेर ल्याइँदै गरेको ६ लाख बराबरको लत्ताकपडा बरामद

इकागज |
असोज १०, २०७८ आइतबार २१:३० बजे

कैलाली – भारतबाट भन्सार छलेर नेपाल ल्याइँदै गरेको लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । करिब ६ लाख १० हजार रूपैयाँ बराबरको लत्ताकपडा कैलालीको टिकापुर नगरपालिका ८ स्थित सीमा इलाकाबाट सशस्त्रले आइतबार बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल बोडर आउट पोष्ट (बीओपी) खक्रौलाबाट खटिएको सशस्त्र प्रहरी र सती भन्सार कार्यालयका कर्मचारीसहितको संयुक्त टोलीले उक्त सामग्री बरामद गरेको हो । बरामद लत्ताकपडा सती भन्सार कार्यालयमा बुझाइएको  छ ।


यसैगरी भारतबाट अवैध रूपले ल्याइँदै गरेको करिब १ लाख ५ हजार रूपैयाँ बराबरको लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको
सशस्त्र प्रहरीले आइतबार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका– १५ स्थित सुइया चोकबाट बरामद गरी भन्सार कार्यालय नेपालगञ्जमा बुझाएको छ । यस्तै सिरहा जिल्लाको सिरहा नगरपालिका २१ स्थित सीमा इलाकाबाट आइतबार करिब १ लाख ३ लाख रूपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लगडीगदियानीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरी भन्सार कार्यालय मार्डरमा बुझाएको प्रहरी निरीक्षक सुमन शर्माले जानकारी दिए ।


Author

थप समाचार
x