समाज

मीनराज वसन्तद्वारा अनूदित ‘लेनिन’ बजारमा

इकागज |
असोज १६, २०७८ शनिबार २१:३९ बजे

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य मेटमणि चौधरीले नेपाली कम्युनिष्ट क्रान्तिमा अहिले ब्रेक लागेको बताएका छन् । लेखक राहुल  सांकृत्यायनको  ‘लेनिन’ नामक पुस्तकको नेपाली अनुवादको शनिबार विमोचन कार्यक्रममा चौधरीले यस्तो बताएका हुन् ।

अनुवादक मीनराज वसन्त रहेको उक्त पुस्तक बीएन पुस्तक संसार प्रालिले बजारमा ल्याएको हो । पुस्तकमा लेनिनको बाल्यकाल, क्रान्ति दीक्षा, प्रथम विश्वयुद्ध, गृहयुद्ध, आन्तिम विजय, लेनिनका केही गुण र निधनसम्मका विषयवस्तु समेटिएका छन् । ‘कम्युनिष्ट क्रान्तिको अहिले ब्रेक लागेको समयमा शक्ति सञ्चयका साथै नेता एवम् कार्यकर्ताको बानी व्यवहार र विचलन भइरहेकाले संगठन सुधारमा हामी सबै जुट्नुपर्छ,’ पुस्तक विमोचन गर्दै सांसदसमेत रहेका चौधरीले भने । लेनिनबारे बुझ्न चाहने सबैका लागि पुस्तक उपयोगी हुने अनुवादक वसन्तको भनाइ छ ।



Author

थप समाचार
x