समाज

घान्द्रुक जीप दुर्घटनामा ८ जनाकै मृत्यु

इकागज |
असोज २५, २०७८ सोमबार १६:४१ बजे

सांकेतिक फोटो

पोखरा - कास्कीको घान्द्रुकमा भएको जीप दुर्घटनामा घाइते ८ जनाकै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

मृत्यु भएकाहरुको सनाखत हुन बाँकी छ । जीपमा ९ जना सवार थिए । एक महिला भने रुखमा अड्किएर बाच्न सफल भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालका अनुसार मृत्यु भएका सबैजसो काठमाडौँबाट पोखरा आएका थिए । दुर्घटनाको कारण भने खुलेको छैन । 



Author

थप समाचार
x