समाज

विराटनगरका बाढीपीडितले ५० हजार रूपैयाँ राहत पाउने

इकागज |
कात्तिक ५, २०७८ शुक्रबार २१:५२ बजे

फाइल फोटो

विराटनगर – विराटनगरका बाढीपीडितले राहतस्वरूप प्रतिपरिवार ५० हजार रूपैयाँ पाउने भएका छन् । शुक्रबार विराटनगर महानगरपालिकाकाे विपद् व्यवस्थापन समितिको बैठकले बाढीपीडितलाई राहतस्‍वरुप ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेकाे हाे । महानगरपालिकाका प्रमुख भीम पराजुलीले बाढीबाट ज्यान गुमाएका परिवारलाई तत्काल राहत स्वरूप ५० हजार रूपैयाँ उपलब्ध गराउने निर्णय गरिएको बताए । 

उनले बाढी र डुबानबाट विस्थापित परिवारलाई खाना खुवाउनुका साथै यसबाट भएको क्षतिको विवरण महानगरले संकलन गरिरहेको जानकारी दिए । बाढीका कारण प्रभावित भएका कृषक र व्यवसायीलाई तत्काल राहत उपलब्ध गराउन प्रदेश र संघीय सरकारसमक्ष माग गरिने प्रमुख पराजुलीले बताए ।  


आइतबारदेखि परेको वर्षाका कारण विराटनगरका अधिकांश वडा डुबानमा परेका थिए । प्रारम्भिक तथ्यांकअनुसार हालसम्म दुई हजार ६ सय ९० घर परिवार बाढी र डुबानबाट प्रभावित भएका छन् । विराटनगर–१ मा सबैभन्दा बढी ६ सय घर परिवार डुबानमा परेका छन् ।


Author

थप समाचार
x