समाज

'वाइफाइ हटस्पट' प्रयोग गर्नुअगाडि यो पढ्नुहोस् !

इकागज |
कात्तिक १९, २०७८ शुक्रबार १६:९ बजे

काठमाडौँ - प्रविधिमा हरेक दिन नयाँ-नयाँ अविष्कार भइरहन्छन् । यसको प्रयोगले मानिसको जीवनयापन सहज बनाउँछ। प्रविधिले हाम्रो दैनिकी सहज मात्रै बनाउँदैन सँगै थ्रेटहरू पनि बढाउँछ । हामीले प्रयोग गर्ने कम्प्युटर ल्यापटप तथा स्मार्टफोनहरू कतिपय अवस्थामा ह्याक हुँदा डाटा बाहिरिएको समाचार हामीले देख्ने र सुन्ने गरेको छौँ ।

इन्टरनेटमा जोडिने यस्ता डिभाइसहरू सुरक्षित प्रयोग भएनभने ह्याकरले यसको सबै डाटा चोरी गर्न सक्छ । त्यसलै सार्वजनिक स्थानमा गएर कुनै वाइफाइ हटस्पट प्रयोग गर्दैं हुनुहुन्छ भने यसको सुरक्षित रूपमा कसरी प्रयोग गर्ने भन्ने जानकारी यहाँ दिइएको छ ।


सार्वजनिक वाईफाइ प्रयोगपछि फर्गेट गर्नुहोस् ।
 सार्वजनिक वाईफाइ प्रयोगपछि फर्गेट गर्नुहोस् । किनभने तपाईं जहाँ जानुहुन्छ अन रहेको वाईफाइ आफैं कनेक्ट हुने गर्छ । यो भनेको तपाईंको मोबाइल डाटा एकदमै असुरक्षित हुनु हो । सार्वजनिक स्थानमा उपलब्ध वाईफाइ आफ्नो डिभाइसमा आफै कनेक्ट गर्नुहोस् । प्रयोगपछि सकेपछि आफ्नो मोबाइलमा कनेक्ट रहेको वाईफाइ फर्गेट गर्नुहोस् ।

एन्टिभाइरस प्रयोग गर्नुस् 
तपाईले प्रयोग गर्ने हरेक डिभाइसलाई ह्याकरहरूबाट जोगाउनका लागि बलियो एन्टिभाइरस बलियो काम गर्छ । एन्टिभाइरस प्रयोग गर्दा ह्याकिङ, माल्वेर अट्याकलगायतका भाइरसबाट डिभाइसलाई सुरक्षित राख्न सकिन्छ । एन्टिभाइरस प्रयोगसँगै बेला बेला अपडेट पनि गर्नुहोस् ।

बैंक तथा गोप्य साइट प्रयोग नगर्नुहोस् ।
सार्वजनिक ठाउँमा भएका नेटवर्क प्रयोग गर्दा बैंक तथा गोप्य साइटहरू लगइन नगर्नुहोस । सार्वजनिक ठाउँमा भएका वाईफाइ चलाउँदा तपाईंको गोप्य डाटाहरू अन्य व्यक्तिको हातमा पुग्नसक्छ । त्यसैले यसमा चनाखो हुनु जरूरी छ ।

भिपिएन प्रयोग गर्नुहोस्
 सार्वजनिक वाईफाइ प्रयोग गर्दै हुनुहुन्छ भने भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) प्रयोग गर्नुहोस् । भिपिएनमार्फत गरिएको इन्टरनेट कनेक्टिभिटीमा इन्क्रिप्टेड हुन्छ जसले गर्दा अन्यलाई तपाईंको सिस्टम पहँच सहज हुदैँन । भिपिएनको प्रयोग हुँदा तपाईं धेरै हदसम्म सुरक्षित रहनसक्नु हन्छ ।

एचटिटिपिएस प्रयोग साइट मात्र हेर्नुहोस् ।
तपाईंले हेर्ने वेबसाइट सुरक्षित छन् कि छैन त्यसबारेमा तपाईं जानकार हुनु जरूरी छ । वेबसाइट हेर्दा एचटिटिपिएसबाट युआरएल सुरक्षित छ या छैन भन्ने जाँच गर्नुहोस् । एड्रेस बार सुरुमा ताल्चा लगाएको छ छैन् हेर्नुहोस् ताल्चा लगाइएको छ भने यो साइट केही सुरक्षित मानिन्छ ।

टु–स्टेप अथेन्टिकेशन अपनाउनुहोस्
हाल प्रयोग टु स्टेप भेरिफिकेशन धेरै साइटले अनिवार्य गरेका छन् गुगलले आउँदो २३ गतेदेखि सबै लगइनमा टु स्टेप भेरिफिकेसनलाई अनिवार्य गर्दै छ । हट्स्टपट प्रयोग गर्न टु स्टेप सक्रिय गरेको खण्डमा तपाईं धेरै हदसम्म सुरक्षित हुन सक्नहुन्छ ।

लग आउट अनिवार्य गर्नुहोस्

सार्वजनिक साइटमा होस् वा साइवरमा जाँदा नै किन नहोस् आफूले प्रयोग गरेको साइटहरू लग आउट गरेर मात्र हिँड्ने गर्नुहोस् । कतिपय प्रयोगकर्ताले आफूले प्रयोग गरेको साइटमा राम्रोसँग लगआउट नगर्दा अन्य व्यक्तिले एक्सेस पाएर अकाउन्ट ह्याक भएको समेत हामी सुन्दै आएका छौँ ।


Author

थप समाचार
x