समाज

बक्राह खोलामा पौडी खेल्न गएका दाजु मृत फेला, भाइ बेपत्ता

इकागज |
कात्तिक २४, २०७८ बुधबार २०:५५ बजे

विराटनगर – मोरङमा छठ पर्व मनाउन मामा घरमा आएका दुई जना युवालाई खोलाले बगाउँदा बेपत्ता भएका छन् । रंगेली नगरपालिका–७ बक्राह खोलामा नुहाउन गएका दुई जना मध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बुधबार दिउँसो साढे १२ बजे भारत मध्यापुरा सिंहेश्वरथान घर भई रंगेली नगरपालिका- ६ भन्सार टोलका सुरेश साहको घरमा पाहुना आएका २१ वर्षीय बिटुकुमार साह र १८ वर्षीय राजा साह बक्राह खोलाको पानीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।


प्रहरी र स्थानीयले बिटुकुमारलाई उद्धार गरी उपचारका लागि रंगेली अस्पताल लगेका थिए । अस्पतालमा पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले बताए । बेपत्ता अर्का युवाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । उनीहरू दाजुभाइ रहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x