समाज

भक्तपुरमा साढे १३ करोड लगानीमा शंखधर पार्क निर्माण

इकागज |
कात्तिक २८, २०७८ आइतबार १७:५५ बजे

काठमाडौँ - मध्यपुर थिमि नगरपालिकास्थित शंखधर चोकमा शंखधर पार्क निर्माण गरिएको छ । मध्यपुर थिमि नगरपालिका र काठमाडौं महानगरपालिकाको संयुक्त लगानी र साझेदारीमा पार्क निर्माण भएको हो । 

उपत्यका नगरपालिका फोरमका अध्यक्षसमेत रहेका काठमाडौं महानगरका नगर प्रमुख विद्यासुन्दर शाक्यले आइतबार एक कार्यक्रमकाबीच पार्क उद्घाटन गरेका छन् । नगरपालिकाको वडा नम्बर– ४ स्थित शंखधर चोकमा करिब १३ रोपनी  क्षेत्रफलमा पार्क फैलिएको छ ।


१३ करोड ५० लाख रूपैयाँ लागतमा निर्माण भएको पार्कमा काठमाडौं महानगरले २ करोड रूपैयाँ सहयोग गरेकोे छ । पार्कमा नेवारी समुदाय र काठमाडौं उपत्यकाको वास्तु शिल्प र कला झल्काइएको छ । नेपाली मौलिक शैलीमा पार्क निर्माण गरिएको मध्यपुर थिमि नगरपालिकाले जनाएको छ ।
 


Author

थप समाचार
x