समाज

नोबेल मेडिकल कलेजअगाडि टायर बालेर प्रदर्शन

बाबुराम भण्डारी |
पुस २७, २०७८ मंगलबार १२:५७ बजे

विराटनगर - अतिरिक्त शुल्कविरुद्ध आन्दोलनरत विद्यार्थीहरूले विराटनगरको नोबेल मेडिकल कलेजअगाडि टायर बालेर प्रदर्शन गरेका छन् । मेडिकल कलेजका संचालक शुनिल शर्माले अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीहरूलाई भर्ना नगर्न र पठनपाठन नगर्न निर्देशन दिएपछि विद्यार्थीहरूले प्रदर्शन चर्काएका हुन् ।


कलेज प्रवेश गर्ने मुलगेटमा टायर बालेर प्रदर्शन गरेका हुन् । विद्यार्थीहरूले नोबेल प्रशासनविरुद्ध नाराबाजी गर्दै धर्नामा बसेका छन् । उनीहरूले मेडिकल शिक्षामा देखिएको माफीयाकरण अन्त्य गर्न सरकारसँग माग गरेका छन् । चिकित्सा शिक्षा आयोगले तोकेको एमविविएसतर्फको शुल्कभन्दा नोबेलले २० लाखसम्म बढी असुल गर्न खोजेको विरोधमा दुई सातायता विद्यार्थीहरू आन्दोलनमा छन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x