समाज

'नेपालीले बुद्ध जन्मेको देशमा जन्मिएको भनेर गर्व गर्नुपर्छ'

इकागज |
माघ ३, २०७८ सोमबार २०:५८ बजे

फाइल तस्वीर

काठमाडाैँ – काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपालीले आफूलाई बुद्ध जन्मेको देशमा जन्मिएको भनेर गर्व गर्न सक्नुपर्ने बताएका छन् । आज यहाँ कामपा–१५ किमडोलस्थित किमडोल बहालमा शाक्यधिता नेपालको ध्यान भवन शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । 

“बुद्ध धर्मको मर्मलाई प्रवद्र्धन तथा प्रचारप्रसार गर्न काठमाडौँ महानगरपालिकाले थेरवादी तथा बज्रयानी विहारको निर्माण, पुनर्निर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न सहयोग गरेको छ । बुद्धको दर्शनलाई प्रवद्र्धन गर्न यो सरकारका तर्फबाट लगानी हो,” शाक्यले भने, “बुद्ध दर्शनका लागि विश्वका धेरै देशहरुले लगानी गरेका छन् । त्यस प्रकारका लगानी नेपालमै पनि छन् । यसबेला नेपालले पनि लगानी गर्नुपर्छ भनेर हामी अगाडि बढेका हौँ ।”


बहालभित्र करिब तीन हजार ५०० वर्गफिट क्षेत्रफलमा साढे तीनतले भवन निर्माण हुनेछ । यसका लागि काठमाडौँ महानगरपालिकाले करिब रु ७६ लाख अनुदान उपलब्ध गराउनेछ । उपभोक्ताको पाँच प्रतिशत सहभागिता रहनेछ । 

कार्यक्रममा शाक्यधिताका पदाधिकारीहरुले महानगरपालिकाबाट प्राप्त सहयोगको प्रशंसा गरेका थिए । उनीहरूले महानगरले सरकार भएको अनुभूति दिएको छ भन्दै प्राप्त सहयोगलाई उपासक उपासिकाको सहजताका निम्ति पूर्वाधार तयार पारिने बताए । 


Author

थप समाचार
x