समाज

सिन्धुपाल्चोकमा नेपाली सेनाको स्वास्थ्य शिविर

इकागज |
माघ ७, २०७७ बुधबार २०:३ बजे

काठमाडौं : नेपाली सेनाले सिन्धुपाल्चोकमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।  सिन्धुपाल्चोकको एकीकृत माझी बस्तीका स्थानीयहरुलाई राहत वितरण र निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको सेनाले जनाएको छ ।  नागरिक र सेनाबीच सम्बन्ध बिस्तार गर्ने उद्देश्यले सिन्धुपाल्चोकको सांगाचोकगढी नगरपालिका १४ को नमुना माझी बस्ती र ईन्द्रावती गाउँपालिका ११ को एकीकृत माझी बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

 सैनिक श्रीमती संघले राहत वितरण गरेको हो भने २६ बाहिनी अड्डा तथा गोरखबक्स गणको पहलमा एकदिने स्वास्थ्य शिविर सञ्चालन भएको हो । सैनिक श्रीमती संघले १२८ घरपरिवारलाई लत्ताकपडा, भाँडाकुँडा, स्थानीय झमलादेवी विद्यालयलाई टेबल कुर्सी सहयोग गरेको हो । त्यस्तै सेनाले विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री पनि हस्तान्तरण गरेको छ । सेनाले जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गरेर सञ्चालन गरेको स्वास्थ्य शिविरमा २५० जनाले स्वास्थ्य जाँच गराए । 



Author

थप समाचार
x