देशभर बन्दको प्रभाव : लामो दूरीका सवारी ठप्प, जनजीवन प्रभावित
काठमाडौँ : नेकपाको पुष्पकमल दाहाल र माधव कुमार नेपाल पक्षलेआह्वान गरेको आम हड्तालको असर देशैभरी परेको छ । काठमाडौँ उपत्यकासहित देशैभर बन्दका कारण सवारी साधन चलेका छैनन् । बन्दका कारण जनजीवन प्रभावित भएको छ । मजदुरी गर्नेलाई सबैभन्दा ठूलो समस्या भएको छ । बन्दको प्रभाव प्रदेशमा पनि उत्तिकै परेको छ ।
लूम्बिनी : बुटवलमा बन्दको प्रभाव परेको छ । दाहाल-नेपाल समूहको नेकपाले आह्वान गरेको बन्दका कारण बुटवलका सडक खाली देखिन्छन् । मुख्य–मुख्य चोकमा दाहाल-नेपाल समूहका कार्यकर्ताले गाडी रोकेर राखेका छन् ।
यद्यपि, एम्बुलेन्स, परिक्षार्थी बोकेका सवारी, दुध बोक्ने गाडी तथा बिरामीहरु भने रोकिएका छैनन् । बुटवलको राजमार्ग चौराहामा कार्यकर्ताले टायर बालेका थिए । पूर्वदेखि आएका एक दर्जन धेरै ढुवानी तथा सवारीका गाडीहरु लामबद्ध रुपमा रोकिएका छन् ।
यता मिलन चोकमा पनि ठूलो संख्यामा गाडीहरु रोकिएका छन् । मुख्य राजमार्ग बाहेक बुटवलका भित्रि सडकहरुका पसल व्यवसाय भने आंशिक मात्रामा सञ्चालन भइरहेका छन् । ई-रिक्साहरुलाई मुख्य राजमार्गबाहेक अन्यत्र रोकिएको छैन । लूम्बिनीमा रुपन्देहीसँगै अन्य जिल्लामा पनि बन्दको प्रभाव परेको छ ।
सुदुरपश्चिम : यस्तै सुदुरपश्चिम प्रदेशका नौ वटै जिल्लामा बजार र सार्वजनिक यातायात बिहानैदेखि बन्द छन् । दुई पाङ्ग्रे सवारी साधन अटो रिक्सा र मोटरसाइकल छिटफुट रुपमा चलेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी उत्तम सुवेदीले हड्तालका बेला हुन सक्ने सम्भावित घटनालाई ध्यानमा राखेर सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताए । बन्दकर्ताले ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
खासगरी पहाडी जिल्ला बैतडी, डोटी, बझाङ लगायतका ठाउँबाट कैलाली आउने गाडी बन्द हुँदा यात्रु मारमा परेका छन् ।
गण्डकी : आम हड्तालको आशिंक प्रभाव गण्डकी प्रदेशमा छ । गण्डकी प्रदेशका केही जिल्लामा गाडीहरु चलेका छन् । गण्डकीको राजधानी पोखरामा भने बिहानैदेखि बन्दकर्ताहरु सडकमा छन् । उनीहरुले बाटो बन्द गर्ने प्रयास गरेका छन् । पोखराको महेन्द्रपुलमा प्रहरी र बन्दकर्ताबीच सामान्य विवाद भएको थियो ।
पोखराबाट छुट्ने लामो तथा छोटो दुरीका गाडी चल्न सकेका छैनन् । केही गाडी चलेपनि पूर्ण रुपमा सार्वजनिक सवारी अन्य दिनको जस्तो सुचारु छैनन् ।
कर्णाली : नेकपाको दाहाल-नेपाल समूहले आह्वान गरेको आम हड्तालका कारण कर्णाली प्रदेशको जनजीवन पनि प्रभावित भएको छ । सुर्खेतमा भने दाहाल-नेपाल समूहले नाराबाजी गरेको छ । वीरेन्द्रनगर बजारमा दाहाल-नेपाल समूह र ओली समूहका कार्यकर्ताले छुट्टाछुट्टै र्याली निकालेका छन् ।
बन्दका कारण सार्वजनिक गाडी चलेका छैनन् । जनजीवन प्रभावित छ । कर्णालीका दैलेख, सल्यान, कालिकोट, जाजरकोट लगायतका जिल्लामा पनि बन्दको प्रभाव छ । स्कुल कलेज बन्द भएका कारण विद्यार्थीले भने पढ्न पाएका छैनन् ।
जनकपुरधाम
आम हड्तालको प्रभाव प्रदेश २ का राजधानी जनकपुरमा पनि देखिएको छ । दाहाल–नेपाल समूहका कार्यकर्ताले बिहान मोटरसाइकल जुलुस गर्र्दै बजार बन्द गराएका थिए । तर बन्द पसलहरु पनि विस्तारै खुल्न थालेका छन् । तर बजार पूर्ण रुपमा भने खुलेको छैन । ग्रामीण क्षेत्रमा बन्दको असर देखिएको छैन ।
बैंकिङ क्षेत्र खुले पनि निजी विद्यालयहरू बन्द छन् । लामो दूरीका सवारी साधन खुलेका छैनन् । व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ ।
र, यो पनि
- गण्डकी प्रदेशमा हड्तालको आंशिक प्रभाव
- रहबर अन्सारीसहित वीरगञ्जमा दाहाल-नेपाल समूहका कार्यकर्ता पक्राउ
- तस्बिरमा हेर्नुहोस् दाहाल-नेपाल समूहको आम हड्ताल
- कस्तो छ काठमाडौँमा आम हड्ताल प्रभाव ? अहिलेसम्म के-के भयो ?
- कलंकीबाट अष्टलक्ष्मी शाक्यसहित दाहाल-नेपाल समूहका कार्यकर्ता पक्राउ
- एकाबिहानै दाहाल-नेपाल समूहका कार्यकर्ताले गोंगबुमा ट्याक्सी जलाए
- दाहाल-नेपाल समूहको हड्ताल : काठमाडौँबाट ४० जना पक्राउ
- दाहाल-नेपाल समूहको आज आम हड्ताल, सुरक्षा व्यवस्था कडा
- आम हड्ताल गर्न दाहाल-नेपाल समूहले तोक्यो कमाण्डर (सूचीसहित)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया