समाज

रवीन्द्रनाथ टैगोरको १६१ औँ जन्मजयन्ती मनाइयो

इकागज |
बैशाख २६, २०७९ सोमबार १९:३ बजे

काठमाडाैँ –  रवीन्द्रनाथ टैगोरको १६१ औँ जन्मजयन्ती मनाइएकाे छ ।

स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय मिलेर साेमबार भारतीय राजदूतावासस्थित विवेकानन्द हलमा टैगोरको १६१ औँ जन्मजयन्ती मनाइएकाे हाे ।


कार्यक्रममा प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रथम सचिव श्री नवीन कुमारले रवीन्द्रनाथ टैगोरको प्रतिभाको प्रशंसा गर्नुका साथै र आफूभित्र लुकेको क्षमतालाई उपयोग गर्न सबैलाई आग्रह गरे । 

स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका शास्त्रीय संगीतका गुरु तथा विद्यार्थीहरुले एकसाथ रवीन्द्र संगीतको वाचन गरेका थिए।

केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीहरुले टैगोरकोे रचनामा आधारित गीत र नृत्य प्रस्तुत गरेका थिए जसलाई त्यहाँ उपस्थित दर्शकहरुले अत्यन्तै रुचाएका थिए । 

लुम्बिनी विश्व शान्ति मञ्चका अध्यक्ष तथा चर्चित वक्ता वासु गौतमले “शान्ति निकेतनः शिक्षामा टैगोरको विचार” शीर्षकमा अन्तरक्रियात्मक प्रस्तुति दिएका थिए ।

उक्त कार्यक्रममा संगीत, कला र साहित्यका युवा विद्यार्थीहरु, सीबीएसई विद्यालयका बालबालिकाहरु, भारतीय डायस्पोराका सदस्यहरु र विद्वानहरुले सहभागिता जनाएका थिए । यो कार्यक्रम हाल जारी INDIA@75 आजादीका अमृत महोत्सवकै एक हिस्साअनुरुप आयोजना गरिएको दूतावासले जनाएकाे छ ।


Author

थप समाचार
x