स्थानीय तह निर्वाचन : लमजुङमा सुरक्षा व्यवस्थामा कडाइ

बैशाख – वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको दिन नजिकिएसिँगै लमजुङमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै लमजुङ प्रशासनले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याउने भएको हो ।
निर्वाचनलाई सुरक्षित र मर्यादित बनाउन वैशाख २७ देखि प्रशासनले उक्त एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याउने भएको हो । जसअनुसार निर्वाचनलाई शान्तिपूर्ण बनाउन लमजुङमा दुई हजार बढी सुरक्षाकर्मीहरूको टोली परिचालन गरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी शुसील वैद्यले बताए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान आयोग र म्यादी प्रहरीको उक्त संयुक्त टोलीले जिल्लाभर रहेका १२३ मतदान स्थलको १८२ मतदान केन्द्रलाई सुरक्षा प्रदान गर्ने लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।
सुरक्षाकर्मीहरूको उक्त संयुक्त टोलीले मतदान केन्द्रको सुरक्षाका साथै संवेदनशील भनी पहिचान गरिएका क्षेत्रहरूमा आवश्यक निगरानी र कडाई समेत गर्नेछन्। त्यसका लागि निर्वाचन सेल र कमाण्ड पोस्ट समेत गठन गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया