समाज

मोदीका सुरक्षाकर्मी भैरहवामा

इकागज |
बैशाख २८, २०७९ बुधबार १२:१२ बजे

बुटवल - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी एसपिजी (स्पेशल प्रोटेक्सन गार्ड) लिएर भारतीय वायुसेनाको विमान भैरहवामा अवतरण गरेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्याम किशोर साहका अनुसार भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ भैरहवामा अवतरण गरेको हो । उनका अनुसार दिल्लीबाट सोझै भैरहवा आएको यो विमानमा एसपिजीको टोली आएको हो ।


भारतीय प्रधानमन्त्री मोदी जेठ २ गते लुम्बिनी आउँदैछन् । लुम्बिनीमै प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुने बताइएको छ । 

उनको भ्रमणपूर्व सुरक्षा ब्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी लुम्बिनी आइपुगेका हुन । उनीहरूलाई छोडेर विमान आजै फिर्ता जाने गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता साहले जनाए ।


Author

थप समाचार
x