समाज

मतगणना स्थलमा झडप हुँदा तीन जना घाइते

इकागज |
बैशाख ३१, २०७९ १८:१४ बजे

हुम्ला – हुम्लाको खार्पुनाथ गाउँपालिकाको पालिका केन्द्र याङचुमा मतगणनाको क्रममा झडप हुँदा तीन जना घाइते भएका छन् ।

मतगणना स्थलमा गएका एमालेका कार्यकर्तामाथि गठबन्धनका कार्यकर्ताले ढुंगामुढा गरेका हुन् । आक्रोशित गठबन्धनका कार्यकर्ताले गरेको आक्रमणमा परी ६१ वर्षीय छत्र शाही, अन्दाजी ४५ वर्षीय मन्दिर ऐडी र उनका छोरा घाइते भएका छन् ।


६१ वर्षीय शाही र ४५ वर्षीय ऐडीको उपचार भइरहेको छ । ऐडीका छोराको टाउकोमा गम्भीर चोट लागेको छ ।

घाइते तीन जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी जिल्ला अस्पताल लगिएको बराह दल गुल्म रानीवनका गुल्मपति गणेश खड्काले बताए ।

हुम्लाका विभिन्न स्थानमा झडप भएको छ । सर्केगाड गाउँपालिका दुल्लुमा समेत झडप हुँदा घाइते भएकाहरूलाई अहिले हेलिकोप्टरबाट उद्धार गरी जिल्ला अस्पताल लगिएको छ ।

 



Author

थप समाचार
ad
x