समाज

ओखलढुंगामा मतपत्र च्यात्न खोज्‍ने कांग्रेसका कार्यकर्ता प्रकाउ, मगगणना स्थलमा सेना खटाइयाे

इकागज |
जेठ २, २०७९ सोमबार २०:४९ बजे

काठमाडाैँ – ओखलढुंगाको चिसंखुगढी गाउँपालिकामा मतपत्र च्यात्न खोजेको आरोपमा नेपाली कांग्रेसका कार्यकर्ता पक्राउ परेका छन् ।

ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले मतपत्र च्यात्न खोज्ने नेपाली कांग्रेसका तीन कार्यकर्तालाई पक्राउ गरिएको बताए ।


वडा नम्बर ३ को मतगणना भइरहँदा विवाद भएको थियो।

यहाँ कांग्रेस र नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारको मत बराबर आएपछि फेरि गणना गर्न थालिएको थियो। सोही क्रममा विवाद भएको थियो।

मतगणना स्थलमा अहिले नेपाली सेना पनि खटाइएको छ।


Author

थप समाचार
x