खेलकुद

हङकङ भ्रमणमा रहेको नेपाली क्रिकेट टिम स्वदेश फिर्ता

इकागज |
चैत २, २०८० शुक्रबार ११:५६ बजे

काठमाडौँ- हङकङ भ्रमणमा रहेको नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता भएको छ ।

हङकङसँग एक खेलको टी-ट्वान्टी खेल तथा हङकङ र पपुवा न्यूगिनीसँगको त्रिकोणात्मक टी-ट्वान्टी सिरिज खेलेर नेपाली टिम शुक्रबार हङकङबाट स्वदेश फिर्ता भएको हो ।


नेपाली टिमलाई नेपाल क्रिकेट संघका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा स्वागत गरेका थिए ।

भ्रमणका क्रममा नेपालले हङकङसँग एक खेलमा पराजय भोगेको थियो भने त्रिकोणात्मक सिरिजअन्तर्गको फाइनलमा नेपालले पीएनजीविरुद्ध हार्न पुगेको थियो ।

नेपालले एक खेलमा भने पीएनजीलाई पराजित गरेको थियो ।


Author

थप समाचार
x