खेलकुद

बार्सिलोनाविरुद्ध पीएसजीले खेल्दा आफू नलुक्ने एमबाप्पेको भनाइ

इकागज |
चैत २६, २०८० सोमबार १७:४७ बजे

फाइल तस्बिर

काठमाडौँ- फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड कायलियन एमबाप्पेले च्याम्पियन्स लिगअन्तर्गत पिएसजीले स्पेनिस क्लब बार्सिलोनाविरुद्ध खेल्दा आफू नलुक्ने बताएका छन् ।

च्याम्पियन्स लिगअन्तर्गतको क्वार्टरफाइनलको पहिलो लेगमा बुधबार राति पीएसजीले बार्सिलोनाको सामना गर्ने तालिका रहेको छ ।


२५ वर्षीय फ्रेन्च फरवार्ड एमबाप्पेले पीएसजीलाई पाँचवटा फ्रेन्च लिग वानसँगै समग्रमा १३ वटा उपाधि दिलाउन सफल भएका छन् । तर, उनले अहिलेसम्म पीएसजीलाई च्याम्पियन्स लिगको उपाधि भने जित्न सकेका छैनन् ।

तर, जारी सिजनको अन्त्यमा पीएसजीसँगको सम्झौता अन्त्य भएसँगै एमबाप्पे स्पेनिस क्लब रियल मड्रिड जाने बलियो सम्भावना रहेको इएसपीएनले जनाएको छ ।

यसको अर्थ फ्रेन्च क्लबबाट च्याम्पियन्स लिग जित्ने एमबाप्पेका लागि अन्तिम मौका हो ।

'यो उत्कृष्ट खेलाडीहरूको लागि समय [सिजनको] हो । म तयार छु र सधैं झै, म लुक्ने छैन,' एमबाप्पेले टेलिफुटसँगको कुराकानीमा बताएका हुन् ।


Author

थप समाचार
x