खेलकुद

च्याम्पियन्स लिगः दुवै खेल बराबरीमा

इकागज |
चैत २८, २०८० बुधबार ११:७ बजे

काठमाडौँ- यूइएफए च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति सम्पन्न दुवै खेल बराबरीमा टुंगिएका छन् ।

च्याम्पियन्स लिगअन्तर्गतको क्वार्टरफाइनलको पहिलो लेगमा साविक विजेता इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब रियल मड्रिडसँग ३-३ गोलको बराबरी खेल्यो ।


घरेलु टोली रियल मड्रिडविरुद्ध सिटीका लागि बर्नार्डो सिल्भा, फिल फोडेन र जोस्को भार्डियोलले एक-एक गोल गरे ।

रियल मड्रिडका लागि रोड्रिगो र फेडेरिको भालभर्डले एक-एक गोल गर्दा सिटीका रुवेन डियासले एक आत्मघाती गोल गरे ।

क्वार्टरफाइनल कै अर्को खेलमा इंग्लिस क्लब आर्सनलले जर्मन क्लब बायर्न म्युनिखसँग २-२ गोलको बराबरी खेल्यो ।

आर्सनलका लागि बुकायो साका र लियान्द्रो ट्रोसार्डले एक-एक गोल गर्दा बार्यन म्युनिखका लागि सर्ज नाबरी र ह्यारी केनले एक-एक गोल गरे ।


Author

थप समाचार
x