खेलकुद

भ्रष्टाचारको आरोपमा स्पेनिस टेनिस खेलाडी आरोनमाथि २०३९ सम्मका लागि प्रतिबन्ध

इकागज |
चैत २८, २०८० बुधबार ११:५९ बजे

काठमाडौँ-  विभिन्न ३५ वटा भ्रष्टाचारको आरोप स्वीकार गरेपछि एक स्पेनिस टेनिस खेलाडीलाई सन् २०३९ सम्म उक्त खेलमा संलग्न हुनबाट प्रतिबन्ध लगाइएको छ ।

२९ वर्षीय आरोन कोर्टेसले पैसाको लागि खेलको नतिजाका लागि मिलेमतो गरेको, टेनिसमा बाजी लगाएको, मिलेमतोका लागि आएको प्रस्तावलाई जानकारी नगराएको र वाइल्डकार्डमार्फत प्रतियोगिता खेल्नका लागि प्रतियोगिताका अधिकारीहरुलाई रकम दिएको इन्टरनेसनल टेनिस इन्टेग्रिटी एजेन्सीले जनाएको बीबीसीले उल्लेख गरेको छ ।


उक्त अपराधहरु सन् २०१६ देखि २०१८ को बीचमा भएको बताइएको छ ।  

आरोनमाथि १५ वर्षको प्रतिबन्ध लगाइनुका साथै ७५ हजार अमेरिकी डलर जरिवाना समेत तोकिएको छ ।

 


Author

थप समाचार
x