खेलकुद

छुम्बी लामा क्यानको केन्द्रीय कमिटी सदस्य नियुक्त

इकागज |
चैत २८, २०८० बुधबार १३:२९ बजे

काठमाडौँ- छुम्बी लामा नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कमिटी सदस्य नियुक्त भएका छन् ।

क्यानले जनाएअनुसार राष्ट्रिय खेलकुद परिषद्‍ (राखेप) बाट लामा क्यानको केन्द्रीय सदस्य नियुक्त भएका हुन् ।


उनी यसअघि पनि क्यानको सदस्यको रुपमा रहिसकेका छन् । त्यसअघि उनले क्यानको चिफ अपरेसन अफिसरको रुपमा समेत काम गरेका थिए ।


Author

थप समाचार
x