खेलकुद

इंग्लिस प्रिमियर लिगमा सेमि-अटोमेटेड अफसाइड प्रविधि लागू हुने

इकागज |
बैशाख १, २०८१ शनिबार १०:३४ बजे

काठमाडौँ- सन् २०२४-२५ को सिजनको इंग्लिस प्रिमियर लिग फुटबलमा सेमि-अटोमेटेड अफसाइड प्रविधि लागू हुने भएको छ ।

प्रिमियर लिगले शुक्रबार घोषणा गरेअनुसार जटिल खालको अफसाइडको निर्णय लिनका लागि सन् २०२४-२५ को सिजनमा सेमि-अटोमेटेड अफसाइड प्रविधि लागू हुने भएको हो ।


उक्त प्रविधिको उद्देश्य भनेको भिएआरमा हुने कुनै पनि विवादलाई खारेज गर्ने र निर्णय गर्न आवश्यक पर्ने समयलाई पनि घटाउनु रहेको आईएएनएसले जनाएको छ ।

सेमि-अटोमेटेड प्रविधिले लगभग ३० सेकेन्डमा नतिजा दिन्छ भने भिएआरले धेरै मिनेट लिन सक्छ ।


Author

थप समाचार
x