खेलकुद

ओलम्पिक च्याम्पियन रोजासले पेरिस ओलम्पिक गुमाउने

इकागज |
बैशाख १, २०८१ शनिबार ११:१ बजे

काठमाडौँ- ओलम्पिक तथा विश्व च्याम्पियन ट्रिपल जम्पर युलिमार रोजासले यसै वर्ष आयोजना हुने पेरिस ओलम्पिक गुमाउने भएकी छन् ।

भेनेजुएलाका विश्व कीर्तिमानी ट्रिपल जम्पर रोजासले प्रशिक्षणको क्रममा आफ्नो एकिलिस टेन्डनमा चोट लागेको बताएकी रोयटर्सले जनाएको छ ।


पेरिस ओलम्पिक गुमाउने भएपछि आफू दुखी भएको रोजासले सामाजिक सञ्जालमा लेखेकी छन् ।

गत वर्ष बुडापेस्टमा विश्व ट्रिपल जम्पको उपाधि जितेकी रोजासका लागि सो लगातार चौथो उपाधि थियो ।

उनले २०२० टोकियो ओलम्पिकमा समेत स्वर्ण हात पारेकी थिइन् । 


Author

थप समाचार
x