खेलकुद

पेरिस ओलम्पिकमा एआईको प्रयोगले नयाँपन ल्याउने लक्ष्य

इकागज |
बैशाख १८, २०८१ मंगलबार १५:३१ बजे

काठमाडौँ- इन्टरनेसनल ओलम्पिक कमिटी (आईओसी) ले २०२४ पेरिस ओलम्पिक र पारा-ओलम्पिक गेम्सका क्रममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरेर नयाँपन ल्याउने जनाएको छ ।

आईओसीले एआईको प्रयोग गरेर दर्शक, खेलाडी, पदाधिकारी तथा सहयोगीहरूलाई नयाँ अनुभव प्रदान गर्ने जनाएको आईएएनएसले उल्लेख गरेको हो ।


आईओसीका प्रमुख सूचना प्रविधि अधिकारी इलारियो कोर्नाले जनाएअनुसार इन्टेलसँगको साझेदारीले एआईद्वारा सञ्चालित उदीयमान प्रविधिहरूले दर्शक, खेलाडी, आईओसी कर्मचारी र साझेदारहरूका लागि नयाँपन प्रदान गर्नेछ ।

इन्टेलले यसका लागि सबैभन्दा सक्षम एआईको प्रयोग गर्ने भएको बताइएको छ । जसका कारण पेरिस ओलम्पिकले अहिलेसम्मकै नयाँ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।


Author

थप समाचार
x