खेलकुद

जोकोभिच मायामी ओपनका लागि तयार

इकागज |
फागुन २२, २०७७ शनिबार १४:२२ बजे

काठमाडौँ: केही साता अघि अस्ट्रेलियन ओपन जितेका नोभाक जोकोभिचले मायामी ओपनमा सहभागी हुने भएका छन् । मेलबर्नमा भएको ग्रान्डस्लाम दौरान चोट बोकेका सर्बियन टेनिस स्टार अमेरिकाको मायामीमा मार्च २२ बाट हुने प्रतियोगिताका लागि तयार भएका हुन् ।

१८ पटक ग्रान्डस्लाम उपाधि जितेका जोकोभिचले अस्ट्रेलियन ओपनको तेस्रो चरणको खेल मासंपेशीको चोट बोकेका थिए । तर चोटले उनलाई नऔँ पटक अस्ट्रेलियन ओपन जित्नबाट बञ्चित गर्न सकेन ।  


हाल विश्व टेनिस वरियताको शीर्षस्थानमा रहेका जोकोभिच धेरै सात विश्व नम्बर एकका रुपमा रहने कीर्तिमानको नजिक छन् । रोजर फेडेररले राखेको कीर्तिमान जोकोभिचले आउँदो सोमबार तोड्ने छन् । जोकोभिच पछिल्ला तीन सय ११ साता देखि विश्व नम्बर एक रहँदै आएका छन् । 

मायामी ओपन पछि जोकोभिचले मोनाकोमा मोन्टे कार्लो मास्टर्समा भाग लिने छन् । अप्रिल ११ देखि १८ सम्म हुने उक्त प्रतियोगिता पछि जोकोभिच सर्बिया ओपनमा सहभागी हुनेछन् । यी तीन एटीपी इभेन्ट जोकोभिचका लागि फ्रेन्च ओपनका लागि तयारी प्रतियोगिता हुनेछन् । 

सन् २०१२ पछि पहिलो पटक बेलग्रेड फर्किएको सर्बियन ओपन अप्रिल १९ देखि २५ सम्म जोकोभिच टेनिस सेन्टरमा खेलाइनेछ । सो प्रतियोगिता पछि जोकोभिच मे १७ बाट सुरु हुने फ्रेन्च ओपनमा भाग लिन पेरिस जानेछन् । 


 


Author

थप समाचार
x