खेलकुद

एभरेष्टसँग साविक विजेता न्यु डायमण्ड पराजित

इकागज |
बैशाख २०, २०७९ मंगलबार १२:२८ बजे

फाइल तस्‍बिर

काठमाडौं । साविक विजेता न्यू डायमन्ड स्पोर्टस क्लब जारी एनभीए भलिबल लिगमा पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी प्रतियोगितामा डायमण्ड एभरेष्ट भलिबल क्लबसँग पराजित भएको हो ।

मंगलबार भएको खेलमा डायमण्डलाई एभरेष्टले ३–२ को सेटमा हरायो ।


रोमाञ्चक खेलको पहिलो सेटमै डायमण्ड २६–२४ ले पछाडि परेको हो । पहिले खेल गुमाएको डायमण्डले दा्स्रो र तेस्रो सेट आफ्नो पक्षमा पार्न सफल बन्यो । एभरेष्टमाथि डायमण्डले दोस्रोमा २५–१३ र तेस्रोमा २५–२० ले एभरेष्टलाई हराएको हो ।

चौथो सेटमा फेरि डायमण्डले सेट गुमायो । २५–२१ को सेटमा एभरेष्टले जित निकालेपछि नतिजा टुंग्याउन खेल पाँचौ सेटसम्म पुगेको थियो । खेलको पाँचौ सेटमा १५–१३ले एभरेष्टलाई डायमण्डले खेल सुम्पिन बाध्य भयो ।

डायमण्डलाई हराएसँगै एभरेष्टले पहिले जित निकाल्यो ।
 


Author

थप समाचार
x