पर्यटन

वर्तमान हवाई नीति नै हवाई क्षेत्रको बाधकः महानिर्देशक अधिकारी

इकागज |
मंसिर २१, २०७९ बुधबार २०:७ बजे

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले वर्तमान हवाई नीति नै हवाई क्षेत्रको बाधक भएको बताएका छन् ।

बुधबार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक अधिकारीले सरकारको हवाई क्षेत्र विकासको प्रतिबद्धता र राष्ट्रिय हवाई नीति कमजोर भएको कारण हवाई क्षेत्रको विकास हुन नसकेको बताएका हुन् । उनले सरकारले नयाँ हवाई नीति बनाउँदा अहिले हवाई क्षेत्रमा देखिएका नयाँ चुनौती समस्यालाई समेत सम्बोधन हुने गरी लेख्न आवश्यक रहेको जिकिर गरे ।


हवाई नीतिमा एउटा पर्यटन क्षेत्रका लागि मात्रै हवाई उडानको विकास हुनुपर्छ भन्ने साँघुरो सोचबाट माथि उठेर नीति बनाउन आवश्यक रहेको ई. अधिकारीकाे भनाइ छ । उनले  पूर्व नागरिक उड्डयन प्राधिकरणका पूर्वप्रमुख वा मन्त्रालयका जानकारले मात्रै नीति बनाएर काम नहुने भन्दै बृहत् अर्थ बुझेका विज्ञहरूबाट हवाई नीति बनाउनुपर्ने उल्लेख गरे ।

उनले मुलुक वातावरणीय प्रभावलाई देखाएर विमानस्थलहरू बनाउन नसकिएको तर टर्कीले २५ लाख रुख काटेर विमानस्थल बनाएको बताए । उनले अहिले त्यो विमानस्थलमा ९ करोड हवाई यात्रु उडान गरिरहेको बताउनु भयो । 


Author

थप समाचार
x