पर्यटन

'एलओडी'ले बुधबार चौथो वार्षिकोत्सव मनाउँदै

इकागज |
माघ २४, २०७९ मंगलबार १८:१४ बजे

काठमाडौँ- ठमेलस्थित ‘एलओडी क्लब’ले भोलि (बुधबार) 'चौथो' वार्षिकोत्सव मनाउने भएको छ । क्लबले चौथो वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको हो ।

एलओडी सञ्चालनमा आएको चार वर्ष पुगेको अवसरमा र कोभिड-१९ महामारीले रोकिएको पर्यटन व्यवसायलाई चलायमान गराउन भए पनि यसपटक भव्य रूपमा चौथो वार्षिकोत्सव मनाउने तयारी गरेको एलओडी क्लबका निर्देशक रविन श्रेष्ठले जानकारी दिए ।


गतवर्ष कोभिड-१९ महामारीका कारणले वार्षिकोत्सव रोकिएको थियो । सन् २०२२ को उत्कृष्ट क्लबको ५२ औ स्थानमा परेकाले यसपालिको वार्षिकोत्सवमा विदेशी कलाकारको प्रस्तुति रहने उनले बताए ।

उनका अनुसार क्लबमा विदेशी डिजे कलाकार मिस्टर पिग, जियान नोबेल्ली र हम्जाले प्रस्तुति दिनेछन् । क्लबका नियमित डिजेहरू रेडमस, सुरेन, अनिस, नाज र सरोजको प्रस्तुति हुनेछ ।

कार्यक्रममा पूर्व मिस नेपाल माल्भिका सुब्बाले होस्ट गर्ने श्रेष्ठले जानकारी दिए । सोही दिन क्लबमा आउने आफ्ना १० जना ‘लक्की’ ग्राहकलाई गिफ्ट ह्याम्पर प्रदान गरिने उनले बताए ।

विजेता ग्राहकलाई उपहार स्वरूप हेलीमा उडान र अन्य आकर्षक अफरहरू प्रदान गरिने उनले बताए । वार्षिकोत्सवमा अन्य प्रस्तुति पनि रहेको उनले जानकारी दिए। स्थापना भएदेखि देशी तथा विदेशी कलाकारले प्रस्तुति दिइसकेका छन्।

एलओडीमा भारतीय, टर्की, जर्मनी र इटालीका कलाकारले प्रस्तुति दिएर दर्शकलाई मनोरञ्जन प्रदान गरिसकेका छन् । श्रेष्ठले बलिवुडका नेहा कक्कर, लक्की अली, अर्मन मल्लिक र इन्डियन आइडल पवनदीप लगायतका गायकहरूले शो गरिसकेका छन् । त्यसैगरी, टीम्मी ट्रमपेट, स्टेबीन बेन, ज्योतिका टंगारी लगायतका कलाकारले समेत प्रस्तुति दिइसकेका छन् ।

'हामीले क्लब स्थापना गरेर नेपाली सांगीतिक क्षेत्रका कलाकर्मीलाई स्थान दिएका छौं,' उनले भने,'  यो स्थान कलाकारहरूका लागि केही गर्छु भन्ने मानिसका लागि एउटा प्लेटफर्म बनेको छ । यहाँ धेरै सांगीतिक समूहले अवसर पाएका छन् ।'

क्लबमा १ सय ५० भन्दा बढी कर्मचारी छन् । ‘हामीले ग्राहकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेका छौं,’ उनले थपे । शुक्रबार र शनिबार मनोरञ्जनका लागि बढी मानिसको जमघट बढ्ने उनको भनाइ छ ।

क्लबमा पूर्व राजा ज्ञानेन्द्र शाह, भारतीय कांग्रेस आइका पूर्व अध्यक्ष राहुल गान्धी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि आइसकेका छन् । एलओडीलाई एलिट ग्राहक जम्मा हुने क्लबका रूपमा लिने गरिन्छ ।

 

 


Author

थप समाचार
x