पर्यटन

जसले सगरमाथा चढ्न १३ वर्ष मलेसियामा काम गरे

इकागज |
चैत २०, २०८० मंगलबार १६:२ बजे

काठमाडौँ - सगरमाथा चढ्नका लागि धेरैले चन्दा संकलन गर्ने गर्छन् । तर पाँचथरका उदय केरुङ त्यस्ता व्यक्ति हुन् जो सगरमाथा चढ्नकै लागि वैदेशिक रोजगारमा गए ।

सगरमाथा चढ्ने उनको सपना पुरा गर्न उनले मलेसियामा १३ वर्ष काम गरे । सगरमाथा चढ्न लाग्ने पैसा जम्मा गरेर यसैवर्ष स्वदेश फर्किए । 


'धेरै मानिस वैदेशिक रोजगारमा गएपछि घर खेत, सम्पति जोड्ने सपना हुन्छ', उनले भने, 'म सगरमाथा चढ्ने पैसा जम्मा गर्नकै लागि मलेसिया गए ।' उनले सगरमाथा चढ्न निकै महंगो भएको बताए । सगरमाथा चढ्न उनले ३० लाख बढी खर्च लाग्ने बताए । 

उनी अप्रिल ७ मा सगरमाथा चढ्दै छन् ।  उनले पाँच महिनाअघि मनास्लु हिमालको आरोहण गरेका थिए । 


Author

थप समाचार
x