पर्यटन

पर्यटन प्रवर्द्धनका लागि ताप्लेजुङमा स्काई वकर सञ्चालन हुने

इकागज |
माघ ५, २०७८ बुधबार १९:५३ बजे

ताप्लेजुङ – ताप्लेजुङ जिल्लाको पर्यटन प्रवर्द्धन र विकासका लागि स्काई वकर प्रविधिको प्रयोग हुने भएको छ । आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा एक कार्यक्रमका साथ परीक्षण सफल भएसँगै पर्यटन प्रवर्द्धनमा स्काई वकर प्रविधिको प्रयोग हुने भएको हो ।

नेपाली वैज्ञानिक कपिल पौडेलले अविस्कार गरेको स्काई वकर पहिलो पटक ताप्लेजुङमा व्यवसायीक रूपमा सञ्चालन ल्याउने वैज्ञानिक पौडेलले बताए । उनका अनुसार स्काई वकरले एक डाँडादेखि अर्को डाँडा उड्डयन हुने छ । 


प्रत्येक दुई किलो मिटरमा एक सेन्सर राख्नु पर्ने र सेन्सरका सहायताले लामो-लामो यात्रा गर्नु सकिने उनले बताए । विभिन्न क्षेत्रहरूमा ओझेलमा रहेको पर्यटकीय क्षेत्र तथा धार्मिक स्थलहरूमा आउँजाउँ गर्नका लागि स्काई वकरको प्रयोग हुने आविस्कार पौडेलले बताए । विकास निर्माण क्षेत्रमा समेत उपयोग हुने उनले बताए । 

ड्रोनबाट निर्माण गरिएको एक विश्वमा पहिलो पटक स्काई वकरको व्यवसायीक रूपमा परियोजना अगाडी बढाएको अविस्कार समूहले जनाएको छ । अविस्कार समूहका अनुसार एक प्रकारको ड्रोन हो । तर विश्वमा पहिलो पटक यति ठुलो ड्रोन कुनै देशले अविस्कार नगरेको वैज्ञानिक पौडेलले दाबी समेत गरेका छन् । ६० जान यात्रु बोक्न सक्ने क्षमता रहेको स्काई वकरका प्राविधिकहरूले जनाएको छ ।  

यता ताप्लेजुङमा स्काई वकरका व्यवसायीक रुपमा सञ्चालन समुदाय परिचालन तथा विकास मञ्चले समन्वय गरेको छ ।  जिल्लाको  प्रसिद्ध धार्मिक स्थल पाथीभरा, पर्यटकीय स्थल तिम्वुङ पोखरी र फुङफुङे झरना लगायतका स्थानमा व्यवसायीक रूपमा सञ्चालन गर्ने समुदाय परिचालन तथा विकास मञ्चले अध्यक्ष खर्कराज गुरुङले बताए । त्यसका लागि आजबाटै पहिलो सर्भे गर्ने काम सुरु भएको उनले बताए ।  


Author

थप समाचार
x