सरकारको ध्यानाकर्षण गराउन सडकमा पर्यटन व्यवसायी (फाेटो फिचर)
काठमाडौँ । कोभिड–१९ ले धरासायी बनेको पर्यटन क्षेत्रका व्यवसायीहरुले प्रदर्शन गरेका छन् । कोभिड १९ ले थला परेको व्यवसायलाई उकास्न सरकारले प्याकेजका कार्यक्रम ल्याउनुपर्ने माग राख्दै मंगलबार काठमाडौँ नक्सालमा पर्यटन व्यवसायीहरुले प्रदर्शन गरेका हुन् ।
उनीहरुले कोभिड–१९ कारण व्यापार व्यवसाय ठप्प भएपनि बैंकहरुले सहुलियत नदिएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । उनीहरुले महामारीमा पनि बैंकले सहुलियतको सट्टा जरिवाना लिएको आरोप लगाएका हुन् ।
महामारीपीडित पेसा व्यवसायी संघर्ष समितिको आव्हानमा मंगलबार र बुधबार व्यवसायीहरूले धर्ना दिनेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्र बैंकलगायतका निकायमा राहत प्याकेजका लागि अनुरोध गर्दापनि बेवास्ता गरिएको उनीहरुको गुनासो छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया