विश्व

बुलफाइटका क्रममा स्ट्यान्ड भत्किँदा ४ जनाको मृत्यु

इकागज |
असार १३, २०७९ सोमबार १४:० बजे

काठमाडौँ – मध्य कोलम्बियामा बुलफाइटका क्रममा काठको स्ट्यान्ड भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । टोलिमा राज्यको इएल इस्पाइनल सिटीमा रहेको स्टेडियममा आइतबार दुर्घटना भएको हो । 

‘कोरालेजा’ भनिने परम्परागत कार्यक्रमका क्रमका लागि बनाइएको तीन तल्ले स्ट्यान्ड भत्किएको थियो र मानिसहरु माथिबाट तल खसेका अलजजिराले जनाएको छ । 


मृत्यु हुनेमा दुई महिला, एक पुरुष तथा एक नाबालक रहेको अधिकारीहरुले बताएका छन् । साथै ३ सय २२ जना घाइते भएका छन् ।
 


Author

थप समाचार
x