विश्व

कोरियामा एकैदिन एकलाख सात हजारभन्दा बढी सङ्क्रमित

इकागज |
साउन १९, २०७९ बिहीबार १७:३४ बजे

सोल- दक्षिण कोरियामा २४ घण्टाको समयावधि अर्थात बुधबार मध्यरातसम्म एक लाख सात हजार आठ सय ९४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।    
यसैसँगै यहाँका कूल सङ्क्रमितको सङ्ख्या दुई करोड ६० लाख एक सय ५४ पुगेको स्वास्थ्य अधिकारीले बिहीबार बताएका छन् ।    
    
अघिल्लो दिनको तुलना कोभिड सङ्क्रमण केही घटेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको थियो । नयाँ केसमध्ये, चार सय ३५ जना आयातीत रहेको जनाइएको छ । यद्यपि ४६ हजार तीन सय २९ जना कोरोनामुक्त भएका छन् ।    
    
गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या ३१० पुगेको छ । यस अवधिमा थप ३४ जनाको मृत्यु भएपछि कोरोना शुरु भएबाट हालसम्म कूल मृतक सङ्ख्या २५ हजार १४४ पुगेको छ । कूल मृत्युदर ०.१२ प्रतिशत रहेको छ । 



Author

थप समाचार
x