विश्व

विदेशको कार्यालय ह्याक गर्न सक्ने क्षमता रहेको चिनियाँ टेक फर्मको दावी

इकागज |
फागुन ११, २०८० शुक्रबार ११:५३ बजे

काठमाडौँ- एक चिनियाँ साइबर सेक्युरिटी फर्मले बेलायतको विदेशी कार्यालयहरू ह्याक गर्न सक्ने क्षमता भएको दाबी गरेको गरेको छ ।

जिआइटीहबमा सार्वजनिक भएको एक गोप्य दस्तावेजकाअनुसार आइ-सुन नामक अनुसार चिनियाँ साइबर सेक्युरिटी फर्मसँग बेलायतको सरकारी कार्यालय ह्याक गर्न क्षमता रहेको दावी गरिएको हो ।


बीसीसीले जनाएअनुसार उक्त दस्ताबेजमा बेलायती सरकारी निकाय, थिंक-ट्यांक, व्यवसाय र अन्य क्षेत्रको तथ्यांकसमेत भेटिएको छ ।

उक्त फर्मले एसिया र युरोपका कैयौं व्यवसाय तथा सार्वजनिक निकायलाई ह्याक गरेको समेत फेला परेको छ । तर उक्त तथ्यांक सार्वजनिक गर्नेको परिचय भने खुल्न नसकेको बीबीसी जनाएको छ ।

खासमा आइ-सुन धेरै निजी कम्पनीहरू मध्येका एक हो जसले चीनको सेना, पुलिस र सुरक्षा क्षेत्रका लागि साइबर सुरक्षा चेवाहरू प्रदान गर्दछ ।


Author

थप समाचार
x