विश्व

इन्ट्यूटिभ मेसिन्स बन्यो चन्द्रमामा अन्तरिक्ष यान उतार्ने पहिलो निजी कम्पनी

इकागज |
फागुन ११, २०८० शुक्रबार १२:४६ बजे

काठमाडौँ- अमेरिकी कम्पनी इन्ट्यूटिभ मेसिन्स चन्द्रमामा व्यावसायिक अन्तरिक्ष यान उतार्ने पहिलो निजी कम्पनी बन्ने इतिहास रचेको छ ।

ह्युस्टनमा रहेको इन्ट्युटिभ मेसिन्सले आफ्नो ओडिसियस रोबोटलाई चन्द्रमाको दक्षिणी ध्रुव नजिकै उतारेको बीबीसीले जनाएको छ ।


फ्लाइट डिरेक्टर टिम क्रेनले जनाएअनुसार आफ्नो यान चन्द्रमामा सफलतापूर्वक उतारिएको तथा संकेतहरू दिन थालेको छ ।

यान चन्द्रमामा उत्रेपछि कम्पनीका कर्मचारीहरू खुसी भएका थिए ।


Author

थप समाचार
x