विश्व

अन्तरिक्षमा आणविक हतियार राख्ने रुसको कुनै योजना छैन : राष्ट्रपति पुटिन

इकागज |
फागुन १९, २०८० शनिबार ९:३५ बजे

फाइल तस्बिर

मस्को- रुसले अन्तरिक्षमा आणविक हतियार तैनाथ गर्ने कुनै योजना नबनाएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको छ । शुक्रबार देशको सुरक्षा परिषद्का सदस्यहरूसँगको बैठकमा उहाँले सो कुरा बताउनुभएको हो । 

“हामीले पहिले नै अन्तरिक्षमा आणविक हतियार तैनाथ गर्ने भन्ने निराधार हल्लाको झूटा आरोपहरूबारे स्पष्ट पारिसकेका छौं, यी पश्चिमाहरूले चलाएको हल्लामात्र हो,” राष्ट्रपतिलाई उद्धृत गर्दै क्रेमलिनले भनेको छ । 


बिहीबार आफ्नो वार्षिक स्टेट अफ नेशन सम्बोधनमा राष्ट्रपति पुटिनले त्यस्ता आरोपहरूलाई “निराधार“ र “नक्कली कथा” मात्र भएको उल्लेख गर्नुभएको थियो । 

रुसले आणविक अन्तरिक्ष हतियारको विकासमा काम गरिरहेको अमेरिकी गुप्तचर तथ्याङ्कले खुलासा गरेको दाबी गर्ने पश्चिमी सञ्चार माध्यमको हल्लापछि यस्तो प्रतिक्रिया आएको हो । (सिन्ह्वा)


Author

थप समाचार
x