विश्व

रूसमा सन्‌ २०१८ कोभन्दा बढी खस्यो मत

इकागज |
चैत ५, २०८० सोमबार ७:२४ बजे

मस्को- रुसमा राष्ट्रपतीय निर्वाचनका लागि आइतबार पनि मतदान जारी रहेको थियो । तीन दिनसम्म चलेको मतदान आइतबार पनि रुसमा निर्वाचनको अन्तिम दिन हुन पुग्यो ।

तीन दिनसम्म चलेको निर्वाचन प्रक्रियामा ठूलो संख्यामा जनताले मतदान गरेका छन् । राष्ट्रपति भ्लादिमिर पुटिन यस चुनावमा मुख्य उम्मेदवार हुन् र ६ वर्षको पाँचौं कार्यकालका लागि पुनः निर्वाचित हुने सुनिश्चित भएको छ ।


यसैबीच निर्वाचनको अन्तिम दिन आइतवारसम्म राष्ट्रपतीय निर्वाचनको सिलसिलामा रुसका १३ सहरमा ४७ जनाभन्दा बढी प्रदर्शनकारी र आन्दोलनकारीलाई पक्राउ गरिएको छ । ओभिडी इन्फो विरोध–अनुगमन समूहले यो जानकारी दिएको हो ।

रसियाको राष्ट्रपतीय निर्वाचनमा आइतवार ६७.५४ प्रतिशत मतदान भएको थियो, जुन सन्‌ २०१८ को स्तरलाई पार गरेको छ । मतदान समाप्त हुनु केही घण्टा अघि तास समाचार एजेन्सीले रूसमा सन्‌ २०१८ मा मतदान ६७.५ खसेको जानकारी दिएको हो ।

र, यो पनि


Author

थप समाचार
x