विश्व

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

इकागज |
चैत ८, २०८० बिहीबार २२:४ बजे

काठमाडौँ- प्रवर्तन निर्देशनालय (ईडी) को टोलीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ । दिल्ली शराब नीति केसमा उनी पक्राउ परेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोली बिहीबार मुख्यमन्त्रीको घरमा पुगेको थियो । दुई घण्टा लामो सोधपुछपछि उनलाई पक्राउ गरिएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।


यसैबीच दिल्लीका मन्त्री आतिशीले केजरीवाल दिल्लीको मुख्यमन्त्री नै रहने बताएका छन् । केजरीवालले जेलबाटै सरकार चलाउने बताइएको छ । साथै केजरीवालको कानुनी टोलीले पनि सर्वोच्च अदालतमा अपिल गरिसकेको छ । एजेन्सी


Author

थप समाचार
x