विश्व

ब्राजिलमा बाढी र डुबान : २३ को मृत्यु, ५ हजार विस्थापित

इकागज |
चैत १३, २०८० मंगलबार २०:२४ बजे

रियो दि जिनरियो- दक्षिणपूर्वी ब्राजिलमा शुक्रबारदेखि परेको भारी वर्षाका कारण कम्तीमा २३ जनाको मृत्यु भएको छ ।

ब्राजिलका समाचार संस्थाका अनुसार सो बाढी र डुबानका कारण ५ हजारभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएका छन् ।


एस्पिरिटो सान्तो र रियो दि जेनेरियो राज्यहरू भारी वर्षाबाट सबैभन्दा बढी प्रभावित भएका थिए । जहाँ क्रमशः १५ र आठ जनाको मृत्यु भएको थियो ।

अविरल वर्षाका कारण बाढी र पहिरोका कारण राज्यका ५ हजारभन्दा बढी मानिसले घर छाड्नु परेपछि अस्थायी क्याम्पमा राखिएको छ । एजेन्सी 


Author

थप समाचार
x