विश्व

तीन महिनामा भारतीय युट्युबका २२ लाख बढी भिडियो 'डिलिट'

इकागज |
चैत १४, २०८० बुधबार १२:५६ बजे

काठमाडौँ- भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबले भारतमा तीन महिनाभित्रै २२ लाखभन्दा बढी भिडियो 'डिलिट' गरेको छ ।

प्रेस ट्रस्ट अफ इन्डियाले जनाएअनुसार सन् २०२३ को अक्टोबरदेखि डिसेम्बरसम्म युट्युबले भारतमा २२ लाख ५४ हजारभन्दा बढी भिडियो डिलिट गरेको हो ।


'कम्युनिटी गाइडलाइन' उल्लंघन गरेको भन्दै विश्वव्यापी रुपमा उक्त समयमा युट्युबले ९० लाख भिडियो डिलिट गरेको थियो ।

भारतपछि सिंगापुरमा १२ लाख ४३ हजार भिडियो डिलिट गरिएको जनाइएको छ ।

यता अमेरिकामा ७ लाख ८८ हजार, इन्डोनेसियामा ७ लाख ७० हजार तथा रुसमा ५ लाख १६ हजार भन्दा बढी भिडियो युट्युबले टिलिट गरेको छ ।


Author

थप समाचार
x