विश्व

पटनाको होटलमा आगलागी, ६ जनाको मृत्यु

इकागज |
बैशाख १३, २०८१ बिहीबार १६:३९ बजे

काठमाडौँ - बिहारको पटनाको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ ।

तीमध्ये तीन जना महिला छन् । दुई जना गम्भीर घाइते भएका छन् । पटना शहरका प्रहरी उपरीक्षक चन्द्रशेखरले यसको पुष्टि गर्दै आगो निभाउन दमकल पुगेको बताए । 


१२ जनालाई उद्धार गरी पटना मेडिकल कलेज अस्पताल लगिएको छ । तीमध्ये केहीको उपचार भइरहेको छ ।

बिहारको दमकल विभागका डीजी शोभा अहोटकरले दुर्घटना ग्यास सिलिन्डर विष्फोटका कारण भएको हुन सक्ने बताइन् ।


Author

थप समाचार
x