खेलकुद

शीर्ष वरीयताकी स्वाटेकले जितिन् म्याड्रिड ओपन टेनिसको उपाधि

इकागज |
बैशाख २३, २०८१ आइतबार १२:४७ बजे

काठमाडौँ- विश्व नम्बर एक टेनिस खेलाडी इगा स्वाटेकले म्याड्रिड ओपन टेनिस प्रतियोगिताको उपाधि हात पारेकी छन् ।

स्पेनको मड्रिडमा भएको महिलातर्फको फाइनलमा स्वाटेकले दोस्रो वरीयता तथा साविक विजेता आर्याना सावालान्कालाई पराजित गर्दै उपाधि हात पारेकी हुन् ।


३ घण्टा ११ मिनेटसम्म चलेको फाइनलमा स्वाटेकले सावालान्कालाई ७-५, ४-६ र ७-६(७) को सेटमा पराजित गरिन् ।

पोल्यान्डकी २२ वर्षीया स्वाटेकको यो करियरकै २२ औँ उपाधि हो । यससँगै उनी सबैभन्दा कम उमेरमा २० वटा उपाधि जित्ने खेलाडी समेत बनेकी छन् ।

यसअघि क्यारोलिन ओजनियाकी सन् २०१२ मा सबै भन्दा कम उमेरमा उक्त उपलब्धि हासिल गरेकी थिइन् ।


Author

थप समाचार
x